अघिल्लो दिन गरिमा विकास बैंकमा जम्मा गरेको पैसा मध्यरातमै गायव भएपछि …..


आर्थिकी
...

काठमाडौं । पोखरामा एक महिलाको मोबाईल बैंकिङ सेवा दुरुपयोग भएको पाइएको छ। गरिमा विकास बैंकमा खाता भएकी ती महिलाले आफ्नो घडेरी बेचेको पैसा अघिल्लो दिन बैंकमा जम्मा गरेकी थिइन्।

विदेशमा पढिरहेका छोरालाई पठाउन भनि बैंकमा जम्मा गरेकी उनलाई तब झड्का महसुस भयो जब मध्यराति पैसा झिकेको म्यासेज मोबाइलमा  आउन थाल्यो।आफ्नो खाताबाट राति ४ लाख भिकिएपछि राति निद्रा नै नलागेको उनले बताइन्। हालसम्म मोबाइल बैंकिङ नचलाएकी उनी सो सेवाबाारे अनभिज्ञ छन्।

पछिल्लो समय बैंकले खाता खोल्ने बेला राखेको मोबाइल नंम्बर राखेर सेवाग्राही आफैले मोबाइल बैंकिङ खोल्न सक्ने व्यवस्था गरेको छ। यसरी मोबाइल बैंकिङ सेवा सूचारु गर्दा खाता नम्बर र मोबाइल नम्बर राखेपछि एउटा ओटिपी कोड बैंकले पठाउँछ। सो कोड राखेपछि पासवर्ड आफैले राख्न सकिन्छ।

सो सेवाबाट दिनमा २ लाख रुपैंया सम्म ट्रान्सफर गर्न सकिन्छ। ती व्यक्तिले मध्यराति १२ बज्नु अगाडि २ लाख र १२ बजेपछि अर्को दिन सूरु हुने गरि २ लाख गरि ४ लाख झिकेका थिए। ती महिलाको ओटिपी कोड समेत ती व्यक्तिले कसरी पाए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बैंकले जनाएको छ।

नेपाल प्रहरीको सिआइबीले यसबारे अनुसन्धान गरिरहेकोले चोर चाँडै पत्ता लाग्ने गरिमा विकास बैंक बिरौटा शाखाका सिइओ गोविन्द ढकालले बताए।सो घटनाबारे बैंकले सो बैंकबाट ती व्यक्तिले आफ्नो खाता रहेको एनसीसी बैंकमा ट्रान्सफर गरेको पुष्टि भएको जनाएको छ। बैंकले आफ्नो खाता भएको मोबाइल अरुलाई चलाउन दिन नहुने भन्दै सतर्क रहन समेत सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

All rights reserved ©2021 Arthiki

Powered by Appharu.com