कोरोना संक्रमणबाट डन छोटा राजन गम्भीर बिरामी, मृत्यु भएको छैन!


आर्थिकी
...

काठमाडौं । भारतीय अन्डरवल्र्डका चर्चित डन छोटा राजनको कोरोना भाइरस संक्रमणको कारण निधन भएको केहि भारतीय मिडियाले जनाएका छन।

तर, दिल्ली स्थित एम्स अस्पतालका अधिकारीहरुले उनी हाल जिवितै रहेको र अस्पतालमा भर्ना भएको समाचार एजेन्सी एएनआईले जनाएको छ।

 

तिहाड जेलमा रहेका उनलाई गत अप्रिल २६ एम्स अस्पतालमा भर्ना गरिएको थियो। उनलाई सन् २०१५ मा इन्डोनेसियामा पक्राउ परेका उनलाई जन्मकैद गरी तिहाड जेलमा राखिएको थियो ।

मुम्बईमा हत्या र असुलीसँग सम्बन्धित करिव ७० वटा मुद्दामा उनको समूहको संलग्नता रहेको अभियोग लागेको थियो।

ठूलठूला हत्याकाण्डमा आपराधिक क्रियाकलापमा उनको नाम जोडिएको छ। नेपालमा पनि मिडिया उद्यमी जमिम साह, मिर्जा दिल सादवेगको हत्या एवं केन्द्रीय कारागारभित्रै युनुस अन्सारीमाथि आक्रमण गर्ने कार्यक्रमा राजनको समूह संलग्न रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

All rights reserved ©2021 Arthiki

Powered by Appharu.com