अमेरिकी प्रतिबन्धका वावाजुत भ्याक्सिन निर्माणमा क्युबाको छलाङ


आर्थिकी
...

क्युबा यस्तो देश हो जसले छ दशक देखी अमेरिकी प्रतिबन्ध खेपी रहेको छ । कोरोनाको महामारीमा समेत ट्रम्प प्रशासन र उनका सहयोगी देशहरूले क्युबा माथिको प्रतिबन्ध अझै कडा परेका थिए। यहाँ कोरोनाका जरुरी उपकरण र कच्चा पदार्थहरूमा समेत रोक लागेको थियो । यही देश आज कोरोना महामारीमा सम्पूर्ण रूपमा आत्मनिर्भर भएको देशमा फेरिएको छ ।

जुनमा तयार हुने दुई भ्याक्सिन सम्पूर्ण नागरिकलाई निःशुल्क प्रदान गरिने छ । गत वर्ष मे २०मा राष्ट्र पतिले जसले भ्याक्सिन निर्माण गर्न सक्छ तुरुन्तै अगाडि बढ्न अनुरोध गरेका थिए । त्यही आव्हान अनुसार भासिन निर्माणको काम लगातार अगाडि बढ्यो । पाच वटा भ्याक्सिन माथि सफलता पूर्वक काम भइरहेको छ जस मद्ये २ भ्याक्सिनलाई तेस्रो पटक सम्म सफल परीक्षण गरिसकिएको छ ।

यी दुई भ्याक्सिन लाई सोभिराना(२ र अबदला राखिएको छ । सोभिरानाको अर्थ हुन्छ स्वाधीनता दोस्रो भ्याक्सिन अबदलाको नाम जोस मार्टी भन्ने क्रान्तिकारी कविको एउटा कविताबाट लिइएको हो ।

यो वर्षको अन्त्य सम्म दश करोड डोज निर्माण गर्ने लक्ष लिएको क्युवामा जनसङ्ख्या जम्मा १ करोड १३ लाख रहेको छ । क्युवामा स्वास्थ्य लाई निःशुल्क बनाइएको छ भने यहाँको हेल्थ सिस्टम दुनियाँमा अब्बल मानिन्छ ।

केही अगाडि मात्रै यहाँबाट हजारौँको सङ्ख्यामा स्वास्थ्यकर्मी मेक्सिको गएका थिए । मेक्सिको अहिले कोरोना प्रभावित देशको सूचिमा तेस्रो नम्बरमा रहेको छ ।
अमेरिकी प्रतिबन्ध खेपिरहेको अर्को देश भेनेजुएलाले क्युबा सँग खोप लिने सहमति गरिसकेको छ भने ल्याटिन अमेरिकाका गरिब देशहरू क्युवाको आशामा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

All rights reserved ©2021 Arthiki

Powered by Appharu.com