सुनको मूल्य बढ्यो


आर्थिकी
...

काठमाडौं । यो साताको पहिलो कारोबार दिन आज (सोमबार) नेपाली बजारमा सोमवार पहेँलो धातु (सुन)को मूल्य सामान्य अंकले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको भाउ २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला २०० रुपैयाँले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार ०५० रुपैयाँमा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ८५ हजार ८५० मा कारोबार भएको थियो ।

सोमवार चाँदीको मूल्यमा भने गिरावट आएको छ । शुक्रवार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार १ हजार २२५ मा खरीदबिक्री भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सोमबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो ।

प्रतिक्रिया दिनुहोस्

All rights reserved ©2021 Arthiki

Powered by Appharu.com