कनेक्ट आइपिएसले बढायो कारोबार सीमा, दैनिक एक करोडको सेयर किन्न सकिने


आर्थिकी
...

काठमाडौं । पेमेन्टका लागि डिजिटल माध्यम कनेक्ट आईपीएसले कारोबारको सीमा बढाएको छ।

नेपाल क्लियरिङ हाउसले उपभोक्ताको मागलाई ध्यान दिएर कनेक्ट आईपीएसमार्फत हुने कारोबारको सीमा बढाएको हो।

कनेक्ट आईपीएसको वेबसाइटमार्फत हुने प्रति कारोबार १० लाख रुपैयाँसम्म र प्रतिदिन २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ।

यस्तै मोबाइल एप मार्फत हुने कारोबारमा पनि प्रति कारोबार एक लाख र प्रतिदिन दुई लाख रुपैयाँसम्मको गर्न सकिने व्यस्था गरेको छ।

यस्तै शेयर कारोबारको भुक्तानीमा प्रतिदिनको सीमा एक करोड रुपैयाँ पुर्‍याइएको छ।

कनेक्ट आईपीएस मार्फत हुने कारोबारको सीमा प्रति बैंक तथा वित्तीय संस्थाको आधारमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

All rights reserved ©2021 Arthiki

Powered by Appharu.com