महाशिवरात्री र यसको महत्व


...

मंदारमाला कुलितालकायै कपालमालांकृत शेखराय।      दिव्याम्बरायै च दिगम्बराय, नमः शिवायै च नमः शिवाय।

हिन्दु धर्मालम्बीहरुको लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि पर्व एक महान पर्व हो । फागुन कृष्ण चर्तुदशीको दिन मनाइने यस वर्षमा देशभरका शिबमन्दिरहरुमा पूजाआजा गर्नेहरुको ठूलो भीड लाग्ने गर्दछ । यस दिन दिनभर व्रत बसेर रातमा जागा बस्ने प्रचलन छ । यसो गर्दा भगवान शिव प्रसन्न हुने र शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी–नजानी गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ ।

शिवरात्रीमा व्रत बस्नाले ठूलो फल प्राप्त हुने मान्यता पनि छ । शिवजीलाई प्रशन्न बनाउन अविवाहित नारीहरु पनि बर्त बस्ने गर्दछन् । शिवरात्रीको दिन भगवान शिव र पार्वतीको बिहे भएकोले पनि यस दिनलाइ विशेष महत्वका साथ लिने गरिन्छ ।

हाम्रो समाजमा रहेका मठमन्दिर मध्ये शिवको मन्दिरहरु धेरैनै रहेका छन् । शिवका बिभिन्न स्वरुप र अदभूत शक्तिले गर्दा पनि अन्य देवताहरु भन्दा शक्तिको प्रतिकको रुपमा शिवलाई मानिदै आएको छ । शिवको पूूजा,उपासाना बिशेष गरि तीज, श्रावण महिना, माघे संक्रान्ति रमहाशिवरात्रीमा गर्ने गरिन्छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा,अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।

यो दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ । शिवरात्री पर्वलाई हिन्दु समुदायमा बिशेष आस्था,बिस्वास र महत्वका साथ मनाउने गरिन्छ ।
शिवरात्रीको अर्थ हुन्छ शिवको रात्री । यस दिनको मूख्य विशेषता भनेको कठोर उपबास तथा रातभर जागरण बसी भगवानको आराधना गर्नु हो । भगवान शिवका सच्चा भक्त त्यो हो जस्ले शिवरात्रीको रातमा गहिरो साधना तथा उपबास बसी जागरण गर्दछ । भगवानलाई पूजा गर्न चढाइने फूलहरु, बेलपत्र तथा अन्य फलफूलहरु हुन्छ जुन सबै शिव लिंगमा चढाइन्छ ।

त्यस्तै प्रकारले दुध, दही, घ्यु नरिवलको पानी, नौनी तथा महले भगवान शिवलाई स्नान गराइन्छ । महाशिवरात्रीको दिन परम्परा अनुसार सबेै भक्तजनहरु सबेरै नुहाइ धुवाइ गरी भगवान शिवको पूजा आराधना गर्दछन् ।

सकेसम्म विभिन्न पवित्र नदीहरुमा गएर पूजा गर्दछन । पबित्र नदीको जल घडामा भरेर ल्याई भगवान शिवको लिंगमा चढाउँछन् तथा भगवान बिष्णु र सूर्य को पनि पूजा आराधना गर्दछन् । हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ । यस दिन भक्तजनहरुले कसैले दूध पनि चढाउँछन ।

हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्बृक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ । फागुन कृष्ण चतुर्दशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर भगवान महादेवको पूजा आराधना गरेमा सबै कार्य सिद्ध हुन्छ । भगवान शिव अत्यन्त दयालु देवता हुनुहुन्छ र उहाँ प्रसन्न भएमा आफुले इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ ।

बिहानैदेखि नशालु पदार्थ सेवन गर्ने एकआपसना झैझगडा गर्ने जस्ता क्रियाकलाप हाम्रो समाजमा ब्याप्त छ । एकदिन गरिएको रमाइलोले कतिपय युवापुस्ता कुलतको सिकार बन्न पुगेका छन एस्ले पछिसम्मको लागि नकारात्मक असर पारेको छ ।

हाम्रो समाजमा धेरै युवायुतीहरु नसालु पदार्थको सिकार भएर आज त्यहि नसालु पदार्थ बिना बाच्न नसक्ने अबस्थामा पुगेका धेरै घटनाहरु हाम्रो समाजमा जनजायत छन् । शिव भगवानको प्रसादको रुपमा प्रयोग हुने बिभिन्न नसालु पदार्थ हामिले जति सार्बजनिक रुपमै खुलमखुल्ला प्रयोग गरिरहेका छौ त्यतिनै मात्रामा हाम्रो समाजका धेरै युवापिडिहरु कुलतमा फस्ने र समाजमा बिभिन्न अपराधिक क्रियाकलापहरुमा बढ्ने सम्भावना धेरै हुन्छ १
शिबरात्रीको अवसरमा धार्मिक मान्यता देखाएर नशालु पदार्थको अत्याधिक सेवन गर्ने, समाजमा होहल्ला गर्ने जस्ता बिकृतिजन्य क्रियाकलाप नगरौ ।सहि राम्रो पक्षलाई सबैले आत्मासाथ गरेर पर्व मनाऔं
कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम्।
सदा बसन्तं हृदयारबिन्दे भबं भवानीसहितं नमामि।।

याद गरौँ, गाँजा र भाङ्ग जस्ता नशालु पद्धार्थको एक पटक मात्रको प्रयोगले पनि हाम्रो मानसिक, शारीरिक र सामाजिक स्वास्थ्यमा नकारात्मक असर निम्त्याउन सक्छ ।
सचेत बनौं, सचेत बनाऔं ।

हिन्दू धर्मवालम्बीहरूहरूको महान चाड शिवरात्रीका उपलक्ष्यमा समस्त आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा शिवरात्रिको शुभकामना व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

All rights reserved ©2021 Arthiki

Powered by Appharu.com