झुक्याउला चाइनिज गाडीले ?


आर्थिकी
...

काठमाण्डौ । सरकारले अटो लोनमा कडाइ गर्दा सस्ता र कमसल चाइनिज ब्रान्डका गाडीहरू ले नेपाली बजारमा आफूलाई प्रवेश गराउदछ्न । केही बर्स अगाडी सयौको सङ्ख्यामा चेरी र ज्योत्से ब्रान्डका कारहरू बिके ।

हेर्दा जापनिज गाडी टेरियस जस्तो देखिने कपि गाडी ले नेपालमा मार्केट पिट्यो । २५/२६ लाखमै ।आउने जापनिज SUV जस्तै देखिने उक्त गाडी थोरै पैसा डाउन पेमेन्ट गर्दा सजिलै पाइन्थ्यो ।

पहिले नै झस्की सकेको नेपाली बजारमा राम्रो  नै भए पनि चाइनिज गाडी बेच्नु सजिलो पक्कै छैन । अहिले बिधुतिय सवारिलाई राजस्व बढाउँदा फेरी फोटेन नामको अर्को गाडी पनि नेपाल भित्रिएको छ्। हेर्दा आकर्सक देखिने यो ब्राण्डका गाडीहरु किन्न अहिलेपनी मनिसहरु डराइ रहेका छन ।

फोटेनले करिब १० बर्स अगाडी कै जस्तो परिस्थिति हेरेर नेपालमा आफ्नो कदम राखेको छ तर ग्राहकहरू भने चेरी र ज्योत्से कै इतिहास दोहोरिने डरले यी गाडीहरू किन्न हिचकिचाइ रहेका छन् । दर्जनै ठाउँमा सर्भिस सेन्टर खोल्छौ भनेर गाडी बेच्ने र अन्तिममा कम्पनी ले नै टाप ठोक्ने इतिहासले ग्राहकहरुलाई झस्काइ रहनु स्वभाबिक हो ।

गाडी किन्न ठिक्क परेका एकजना ग्राहक शत प्रतिशत फाइनान्स भनेपछी झस्किएको बताउछन । उनि भन्छन चेरीको प्रचार पनि लठ्ठै पार्ने खालको थियो।

केही महिना अगाडी फोटेन कम्पनीका अध्यक्षले २०२५ सम्म सन्सारमा २ लाख कमर्सियल गाडीहरू बेच्ने बताएका थिए । टाटालाई नेपालि माटो सुहाउदो गाडी मानिन्छ जसले महिनामा ५० हजार कमर्सियल गाडी बिक्री गर्दछ । एकातिर विश्वमै अत्यन्तै कम मात्रामा बिक्री हुने गाडी त्यो माथि नेपालको अप्ठेरो भूगोलमा परीक्षण हुन बाकी , त्यसमाथि पनि पर्याप्त मात्रामा सर्भिस दिने कुनै सम्भावना नै नभएको अवस्था।

फेरिपनी केही चाइनिज ब्रान्डको बदमासीले गर्दा सबैलाइ मुछ्न भने सकिँदैन तर ग्राहक ले सबै कुरा थाह नपाएर बिक्रेताले भनेकै आधारमा सबै कुरा पत्याउँदा धोखा पाउने सम्भावना पनि उत्तिकै रहन्छ। धेरै कुरा कम्पनीले नै प्रस्ट पार्दा राम्रो होला ।

प्रतिक्षा गर्नुहोस : कसरी झुक्काइन्छ १००% फाइनान्सका नाममा ? 

 

प्रतिक्रिया दिनुहोस्

All rights reserved ©2021 Arthiki

Powered by Appharu.com