पर्सा जिल्लाको सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखा रहित बैकिङ्ग सेवा


आर्थिकी
...

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७७ फाल्गुन २२ गतेबाट आफ्ना ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।

शाखा रहित बैकिङ्ग सेवाको शुभारम्भ प्रमुख अथितिका रुपमा प्रदेश २ का विधायक माननीय मन्जुर आलम र विशेष अथितिको रुपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष श्री प्रदीप जयसवालले संयुक्त रुपमा एक समारोहवीच गर्नुभयो । उक्त अवसरमा अध्यक्ष श्री प्रदीप जयसवालले पर्सा जिल्लाको पूरानो बजारको रुपमा रहेको देवारवानामा शाखा रहित बैंक सेवाबाट स्थानीय जनताले वित्तीय सेवा प्राप्त गरी आर्थिक समृद्धिमा मद्धत पुग्ने बताउनु भयो ।

उक्त कार्यक्रममा बैंैकका प्रदेश नं २ का प्रमुख श्री सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख श्री शिवनाथ साह, लिंकरोड शाखाका प्रमुख श्री सुरेश साह साथै बैंकका अन्य कर्मचारी र स्थानीय गरेर १५० जना भन्दा बढी सहभागिता रहेको थियो । शाखारहित बैकिङ्ग सेवामा निक्षेप संकलन, रकम भुक्तानी लगायत बैकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखा रहित बैंकिङ्ग र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

All rights reserved ©2021 Arthiki

Powered by Appharu.com