बहुप्रतीक्षित प्रिमियम स्कुटरअप्रिलिया एसएक्सआर १६० नेपालमा


आर्थिकी
...

काठमाडौँ। एम.भी. दुगड ग्रुपले नेपालमा अप्रिलिया एसएक्सआर १६० को बिक्री बिधिवत सुरुवात गरेको छ। आज राजाधानिमा आयोजित एक कार्यक्रम मा अप्रिलिया एसएक्सआर १६०को लन्च गर्दै यसले नेपालमा प्रिमियम लेबलको स्कुटर ल्याएको दाबी ग्रुपले गरेको छ । कम्पनीका अनुसार यो नयाँ डिजाइन भाषा अन्तर्गत डिजाइन गरिएको पहिलो स्कुटर हो।

बहु प्रतीक्षित प्रिमियम स्कुटर नेपालको सबै डिलर सिपमा रु.४,०९,९०० को आकर्षक प्रारम्भिक मूल्यमा उपलब्ध हुने जनाइएको छ । उत्तम सवारी अनुभव र उच्च स्तरको आराम प्रदान गर्न ठुलो, लामो, आरामदायी र एर्गोनोमिक सिटहरूका साथै आकर्षक डिजाइनमा फोकस गरिएको अप्रिलिया एसएक्सआर १६० स्कुटर १२ भोल्ट, ५.० एम एच ब्याट्रीको र ७ लिटर इन्धन क्षमताको साथ आउँदछ।

उक्त कार्यक्रममा नेपालका लागि आधिकारिक विक्रेता एम.भी. दुगड ग्रुपले टु व्हीलरमा अनुशासित ढङ्गले काम गर्न पाउँदा खुसी भएको पियाजियो ग्रुपका वरिष्ठ उपाध्यक्ष श्री सुधांशु अग्रवाल ज्यूले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

All rights reserved ©2021 Arthiki

Powered by Appharu.com