ज्योति लाइफको आइपीओ तीन दिनमा कति भरियो ?


आर्थिकी
...

काठमाण्डौ। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गरेको तीन दिनमा झण्डै १२ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

आवेदकलेहरुले २ करोड ६४ लाख ३३ हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । यसरी आइतबार बेलुका सम्म ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा २ अर्ब ६४ करोड ३३ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता
निष्कासन गरेको हो ।इन्स्योरेन्सले निष्कासन गरेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित छुट्टाइएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता शेयर निष्कासन गरेको छ । शेयर लगानीकर्ताले १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गरेको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँट पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

All rights reserved ©2021 Arthiki

Powered by Appharu.com