ज्योति लाइफको आइपीओ पहिलो दिन कति बिक्यो ?


आर्थिकी
...

काठमाडौं । पहिलो दिन दिनको ६ बजेसम्मको तथ्यांकअनुसार ज्योति लाइफको २ लाख ८८ हजार ५५५ आवेदकले ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आबेदन दिएको जनाईएको । यसरी  ७३ करोड ८५ लाख ५९ हजार रुपैयाँ बराबरको आबेदन परेको सिडीएससीले जनाएको छ। यो निष्काशन भन्दा झन्डै डेढ गुणाले बढी हो।

कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता

निष्कासन गरेको हो ।इन्स्योरेन्सले निष्कासन गरेको  कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित छुट्टाइएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता शेयर निष्कासन गरेको छ । शेयर लगानीकर्ताले १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी  गरेको छ  । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँट पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

All rights reserved ©2021 Arthiki

Powered by Appharu.com