साताको अन्तिम कारोबार दिन ९० अंकभन्दा बढीले बढ्यो नेप्से


आर्थिकी
...

काठमाडौं । लगातार ओरालो लागेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन भने ९० अंकभन्दा बढीले बढेको छ ।बिहीबार नेप्से परिसूचक ९०।६७ अंक बढेर २५०६।६८ विन्दुमा बन्द भएको छ भने कारोबर ६ अर्ब भन्दा बढि भएको छ ।

बुलिश ट्रेण्डमा भएको कारण केही दिनको करेक्सन पछी नेप्से बढेको हुने अनुमान गर्न सकिन्छ । सरकार र बिद्रोही पक्षको वार्ता सकारात्मक रुपमा अगाडी बढ्दा पनि लगानिकर्ताहरु थप उत्साहित बनेका छन ।
आज कारोबार भएका १३ वटै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७।१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत उपसमूहको ४।७८ प्रतिशत बढेको छ ।

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड नबिल बैंक र शिखर इन्स्योरेन्ससबैभन्दा धेरै रकम कारोबार गर्ने कम्पनिमा परेका छन । आज इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको ५३ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंक र शिखर इन्स्योरेन्सको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

चन्द्रागिरी हिल्स, लिबर्टी इनर्जी, सूर्योदय लघुवित्त, किसान लघुवित्त, इन्फिनिटी लघुवित्त, हिमालय पावर पार्टनर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र नेशनल हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

All rights reserved ©2021 Arthiki

Powered by Appharu.com