विद्युतीय भुक्तानी सीमा दोब्बर : अव प्रतिदिन २० लाखसम्म कारोवार गर्न बैंक जानु नपर्ने


आर्थिकी
...

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सीमा संशोधन गर्दै दोब्बर बनाएको छ । सीमित कारोबारका कारण ब्यवसायीहरुले अप्ठेरो झेल्दै आएका थिए।

केन्द्रीय बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा दोब्बर गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले नयाँ नियम अनुसार विद्युतीय माध्यममा अधिकतम १० लाखबाट बढाएर २० लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने बनाइएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अब मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख, मर्चेन्ट बैंकिङबाट प्रतिदिन २० लाख र एकाउन्ट ट्रान्सफर २० लाख रुपैयाँको अधिकतम सीमा कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

All rights reserved ©2021 Arthiki

Powered by Appharu.com